के तपाईको बोलि २-४ जना मान्छे देख्दा बितिकै बन्द हुन्छ ? के तपाइलाई रेडियो संचारकर्मी जसरि ढुक्क भएर बोल्ने मन छ ? Lesson#1 {नेपालीमा}

Lesson #1
मंच (Stage) अगाडी ढुक्क भएर बोल्नेको लागि तपाइलाई उद्घोषण कलाको आबस्यकता छ 

उद्घोषकले जान्नु पर्ने  शिस्ट ब्यबहार 

. उद्घोषकले सामान्य स्तर देखि उच्च स्तर सम्मका व्यक्तिसंग ब्यबहार गर्नुपर्ने हुनाले उद्घोषणको शिक्षा लिनु भन्दा अगाडी शिष्टाचारको शिक्षा लिनु आबश्यक हुन्छ।  त्यस्तै आगन्तुक संग भेट भएको बेलामा व्यक्ति पिच्छे भिन्दै भिन्दै आचरण गर्नु पर्दछ। आफुले सम्मान गर्न पर्ने व्यक्ति मान्यजन संग भेट गर्दा हात मिलाउनुको साट्टा बिन्तिभाव राखी दुइ हात जोड्नु राम्रो हुन्छ। दुइ हात जोड्दा हातको बुडी औलाले छाती छोयेस र बाकी औला बराबर बनाएर नमस्ते गर्नु पर्छ। नमस्ते गर्दा हातले मुख, नाक, चिउडो नछुनेर।


. उद्घोषकले बेला बखतमा सभापति, प्रमुख, अतिथिसामु जादा, आसनको पछाडी बाट गएर कसैलाई बाधा नहुने गरि सुस्त उत्शहजनक भावनाले भटने वा सोधने गर्नु पर्छ।  बाटोमा हिडेजसरी नहिड्ने र आफ्नो पाइन्ट, जुत्ता, कुर्ता, वा फरिया अरुलाई नछुने गरि हिड्नु पर्छ। बस्दा जादा पिठ्यु नदेखिने गरि बस्नु र जानु पर्छ । 

.  मान्यजनवर्ग आसन, मेच बा कुर्चीमा बसीरहेको बेलामा एवं खाना बा कुराकानी गरिरहेको बेलामा आगन्तुकलाई बेवास्ता गर्नु हुदैन।  बस्दा मान्यजन भन्दा तल, बोल्दा सानो शोरमा आदरपुर्बक कुराकानी गर्नुपर्छ।  आफूभन्दा ठुला र आदर गर्नु पर्ने व्यक्ति आउदा सिस्टा चार पुर्बक उभिएर गौरब भब प्रकट गर्नु पर्छ।  आफ्ना अतिथिले आसनग्रहण गर्नु भन्दा पहिले आफुले आसन ग्रहण गर्नु हुदैन।  आफु बस्नु   परेमा पहिला मन्याबर वा अतिथिलाई बस्न लगाएर पछि बस्दा उचित हुन्छ। अझ अनुमति लिएर बस्नु धेरै राम्रो हुन्छ। 


. उद्घोषक सधै उदघोसक मात्र भएर बस्दैन।  कहिले कही कुनै कार्यक्रममा बक्ताको रुपमा निमन्त्रण छ  भने समयमा नै पुग्नु पर्छ।  बोलाइयेको समयमा पुग्न सकेन भने क्षमायाचना माग्नु पर्छ। शिस्टाचार को भाव प्रकट गरेर ढिलाई को कारण खुलाउनु पर्छ।  कार्यक्रम सुरु भए देखि बिसर्जन नभएसम्म उठेर जानु पनि सुहाउदैन। जनै पर्ने भएमा सम्बन्धित व्यक्ति संग भनेर जानु उचित हुन्छ। 

. कुनै पनि कार्यक्रममा जादा लसुन, प्याज, माधक पदार्थ, नसालु चिज सेबन गर्नु हुदैन र सफा र अनुकुल लुगा लगाएर सफा सुग्घर भएर जानु पर्छ। 

. व्यक्ति, ठाउँ, अबस्ता हेरी आफ्नो कुरा राख्नु पर्छ। मुख बाट थुक निस्कने गरि कुरा गर्नु हुदैन। थुक थुक्नु परेमा अरुको अगाडी थुक्नु हुदैन। यदि ठुलो व्यक्ति ले आफु संग काम गर्न दिदैनन् भने उनीहरु संग काम गर्ने इच्छ पनि गर्नु हुदैन।  

    . सधै सबैलाई प्रेम,नजिक रहनाले, स्तुति गर्नाले, नमस्कार गर्नाले, सेवा गर्नाले, आदर, सत्कार, सरल मिजास, बिरता, दान, विधा हुनाले, सामुन्ने आउना साथ आफ्नो आसनबाट उठ्नाले वा आगाडी गएर ल्याउनाले, आनन्दसाथ मुस्कुराइ कुरा कानी गर्नाले, उपहार दिनले, सुन्दर आशय प्रदर्शन गर्न आदि गर्नाले संसारलाई आफ्नो वशमा लिन सकिन्छ। सयौ शब्दको बधाई भन्दा एक मुस्कान हजारौ गुणा शक्ति शालि हुन्छ।

. उद्घोषकले कुनै कार्यका लागि वा मन्तब्य समाप्ति पछि कसैलाई प्रशंसा, धन्यवाद, ब्यङ्ग वा कामना गर्नु पर्छ। यस्तो अवस्थामा परिस्थिति हेरी धन्यवाद! तपाइलाई धन्यवाद! हजुरलाई धन्यवाद ! तपाइलाई बधाई छ।  उपकर गरिदिनु भएको मा कृतज्ञ छु, तपाईले ब्यक्त गर्नु भएको दुइ शब्द श्रोताहरुको निम्ति उपयोगी, ज्ञानबर्दक भएको ले म तपाई  प्रति आभारी छु। कृतज्ञता ब्यक्त गर्दछु भन्नु पर्दछ।

thank You
for lesson #2 visit
bishallohani.blogspot.com


Bishal's Nepali Full Movie "Seven Boys"


Bishal's Another Nepali Social/Psychological Movie



Bhatabhunga Nepali teleserial






Post a Comment

Previous Post Next Post
Youtube Channel Image
प्रतिफल फिल्मस - Pratiphal Films Subscribe us
Subscribe