धनी र सफल बन्न जन्नै पर्ने यी ६ प्रस्नको उत्तर ?

नमस्ते मित्रहरु, तपाईहरुलाई स्वागत छ ।

के तपाईंलाई थाहा छ ? धनी ब्यक्ती कसरी सफल छन र गरिब कसरी असफल छन । धनी र सफल बनेका ब्यक्ती त्यत्तिकै सफल बनेका हुदैनन । कडा परिश्रम र मेहनत त चाहिन्छनै, साथै
यी ६ प्रस्नको उत्तर जान्नु भयो भने, तपाईंलाई धनि र सफल मानिस हुन बाट कसैले रोक्न सक्दैन ।

सफल बन्न जान्नै पर्ने प्रस्न?
१. समय कस्तो
छ?

एउटा समज्दार ब्यक्तीलाई सधै थाहा हुन्छ कि अहिलेको बर्तमान समय कस्तो छ, अहिले सुखः को दिन छ या दुखः को दिन छ , समय को माग के छ । सफल ब्यक्ती यी कुरा हरु लाई मध्य नजर गरि आफ्नो कार्य अगाडी बढाउछ । यदि खुसी को दिन छ भने सहि कार्य गर्नु पर्छ, यदि दुख को दिन छ भने सहि कार्य सङ सङै धैर्य पनि रहनु पर्छ । दुख को दिनमा धैर्य रहिएन भने अनर्थ हुन सक्छ । समय लाई चिन्न सकियो भने अबस्य सफल भइन्छ ।

सफल बन्न जान्नै पर्ने प्रस्न?
२. को को असल मित्र र को को शत्रु ?

हामीलाई यो जान्न अति अाबस्यक हुन्छ कि हाम्रो असल मित्र को को ? र शत्रु को को? आफ्नो शत्रुलाई हामी प्राय चिनेको नै हुन्छौ । र सतर्क भएर आफ्नो कार्य गर्छौ । तर साथिको भेषमा भएको शत्रुलाई चिन्न अत्यन्तै गार्हो हुन्छ । यदि उनिहरुलाई चिन्न सकिएन भने हाम्रो कार्य असफल हुने सम्भावना बढ्छ । यिनी हरु सङ सधै सतर्क भएर काम गर्नु पर्छ । साथै आफ्नो असल परम मित्र को हो? त्यो पनि थाहा हुन अति आबस्यक हुन्छ किनकि असल मित्रले सधै साथ दिन्छ र सहि बाटोमा पाईला चाल्न मद्दत गर्छ ।

सफल बन्न जान्नै पर्ने प्रस्न?
३. देश कस्तो छ ?

यो देश कस्तो छ? यानी कि हामी जहाँ काम गर्छौ, त्यो ठाँउ, क्षेत्र, सहर कस्तो छ ? या त्यहाको आबस्यकता कस्तो छ ? कार्य स्थलमा काम गर्ने ब्याक्ती कस्ता छन ? यी कुरा हरुलाई ध्यानमा राखेर आफ्नो कार्य अगाडि बढाउनु पर्छ ।

सफल बन्न जान्नै पर्ने प्रस्न?
४. आम्दानी खर्च को सहि जानकारी ?

समज्दार ब्यक्तिले सधै आफ्नो आम्दानी र खर्च को हिसाब राख्छ । आमदानी हेरेर खर्च गर्छ । जुन ब्यक्तीले आम्दानी भन्दा बढी खर्च गर्छ , त्यस्तो ब्यक्ती सफल बन्न गार्हो पर्छ । आम्दानी भन्दा बढी खर्च गर्नु हुदैन । आम्दानी भन्दा कम खर्च गर्यो भने बाकी पैसा जम्मा गर्न सकिन्छ । र जम्मा गरेको पैसालाई कतै लगानी लगायो या असल ब्यक्तीलाई ब्याजमा लगायो भने अबस्य सफल र धनी भइन्छ ।

सफल बन्न जान्नै पर्ने प्रस्न?
५. कस्को अधिनमा बस्दै छु ?

हामी यो जान्न अति आबस्यक छ कि हामीले काम गर्ने अफिस, संस्था, कार्यालय, होस या अन्य कुनै, यिनिहरु म बाट के चाहान्छन भन्ने जान्न अति आबस्यक हुन्छ । र त्यही आबस्यकता अनुसार, कार्यालय संघ सस्था लाई फाईदा हुने काम गर्नु पर्छ । यदि कम्पनीलाई फाईदा भयो भने कामदारलाई त अबस्य नै फाइदा बढ्छ ।

सफल बन्न जान्नै पर्ने प्रस्न? 
६. आफुमा कति शक्ति छ ?
सबै भन्दा जरुरी कुरा, म के के गर्न सक्छु ? र त्यही कुरा लाई ध्यानमा राखेर आफ्नो काम अगाडी बढाउनु पर्छ । हामीले सधै त्यो काम गर्नु पर्छ जुन आफू ले ढुक्क भएर गर्न सक्छु भन्ने आफू लाई लाग्छ । त्यो काम गर्ने सामर्थ्ये आफू मा हुनुपर्छ । यदि आफुले सक्ने भन्दा बढी काम गर्यो भने त्यो कार्य निस्चयनै असफल हुन्छ ।

YouTube Video


यी थिए सफल ब्यक्ती लाई थाहा हुने ६ प्रस्नको उत्तर । अब यी प्रस्नको उत्तर आफुमा खोज्नु, जुन दिन आफू भित्र बाट उत्तर थाहा पाउनु हुन्छ त्यो दिन देखि बाट तपाईलाई सफल बन्न बाट रोक्न कसैले सक्दैन ।

यदि तपाईलाई भिडियो राम्रो लागेको भए लाईक कमेन्ट र सेयर गर्नु होला र यस्तै यस्तै भिडियो हेर्नको लागि तपाई हाम्रो आफ्नो च्यानल प्रतिफल फिल्म्स लाई मायाको साथ रातो कलरको सस्क्राईब लेखेको बट्म किलिक गर्नु होला साथै घन्टी पनि बजाउनु होला । यदि गरि सक्नु भएको छ भने धन्यवाद र गर्दै हुनुहुन्छ भने पनि धेरै धेरै धन्यवाद ।

आफ्नो बालबालिका लाई यसरी पढ्न सिकाउनु होस


नेपालका १६० डनहरु को लिस्ट 



नेपाल भ्रमण गर्ने उत्कृष्ट १० स्थानहरु

Post a Comment

Previous Post Next Post
Youtube Channel Image
प्रतिफल फिल्मस - Pratiphal Films Subscribe us
Subscribe