Latest updated (कोरोना भाइरस सम्बन्धि सम्पुर्ण जानकारी) यसबाट मृत्यु हुनेको संख्या दिनप्रती दिन वृद्धि हुँदै छ | 2020| Journey of Corona Virus in Nepali| pratiphal films - Bishal Lohani

जसरी अमेरिका र ईरान बिच भएको युद्धलाई तेश्रो बिश्व युद्ध को रुप लिन्छ भनेर, जन मानसमा डर त्रास को भावना उत्पन्न भएको थियो । त्यो सत्य थिएन तर जे सत्य थियो त्यो धेरैनै फरक थियो ।


एक पटक फेरि पनि पुरै बिश्वका मानिसमा डर र त्राशको भाबना नया ढंग बाट उत्पन्न भएको छ।
जसको नाम COVID कोभिड 19, जसलाई कोरोना भाइरस पनि भनिन्छ। यो भाइरस सामान्य भाइरस होइन, यो नयाँ भाइरस हो ।
यो भाइरस सन्सारका विभिन्न ठाउहरु हुँदै हाम्रो देश नेपाल मा पनि देखा परेको छ ।
यो भाइरस 2019मा पत्ता लागेको थियो । अहिलेको समयमा यो भाइरसले बिश्वमै ठूलो आतंक मच्चाएको छ । एउटा यस्तो भाइरस जुन तपाईमा नसरे पनि तपाईं र तपाईंको परिबार यो भाइरस बाट सुरक्षित हुनुहुन्न । यसको सिकार जो कोहि जहाँ पनि बन्न सक्छ । यो लेेेखमा कोरोना भाइरस सम्बन्धी सम्पुर्ण ज्ञान पाउनुहुनेछ । यो लेेेखलाई सामान्य रुपमा नलिनु होला ।

कोरोना वायरसको सिकार हुने मानिसको संख्या दिन प्रती दिन अधिक बढ्दै गएको छ । कोरोना नाम सुन्न साथ, हामीले यसको बारेमा आफ्नो राय दिनु ठिक हुदैन । बरु बुझ्नु आबस्यक हुन्छ कि यो कस्तो भाइरस हो ? यसको संक्रमणले आर्थिक भौतिक नैतिक के कस्तो नोक्सान हुन सक्छ ? यसको लक्षण के के हुन ? कस्तो सावधानी अपनाउनु पर्छ ? कस्तो खाना खाने ? भाइरसको संक्रमण भएको अबस्थामा बच्ने के के उपाय अपनाउनु पर्छ ?

सबैभन्दा पहिला चाइनिज सरकार सग यस भाइरस सम्बन्धि महत्त्वपुर्ण जानकारीहरु थिए तर पनि लुकाइराखेको थियो । यो एउटा नयाँ प्रकारको भाइरस थियो । उनिहरुलाई पनि कोरोना भाइरसको बारेमा त धेरै केहि थाहा थिएन । यो कुरामा कुनै अचम्म मान्नु पर्ने आबस्यक छैन किनकी यो भन्दा अगाडि 2003 मा सार्स नामक भाइरस चाइनामा भेटिएको थियो ।
एक बर्षमा त्यहा बाट पुरै हरायो । सार्सको बिसयमा पनि चीनले चार महिना सम्म कुरा लुकाई रहेको थियो, आफ्नै देश बासीलाई समेत भनेको थिएन पछी गएर, यो भाइरस चीनको अहम सहर हुँदै पुरै संसारमा सार्सको असर देखिएको थियो ।
तर बीजिंग रहेको सरकारले यो विषयलाई संसारको अगाडि चीनको मद्दत को लागि हात फैलाए र अब चीनले येस्तो केहि भएमा संसारको अगाडी राख्ने छन भनेर सर्बजनिक गरे।



त्यसकारण एकत्तिस डिसेम्बर दुई हजार उन्नाइस मा पहिलो पटक वोल्ड हेल्थ अर्गनाइजेसन लाई खबर गरे र भने उनिहरु सग निमोनियाको बिरामीहरु धेरै आएका छन । यो कुरा पत्ता लगाउन सकिएको छैन कि यो निमोनिया किन लागि रहेको छ । सात जनवरी दुई हजार बीस मा दिउँसो चीनका बैज्ञानिक ले भने एउटा फरक प्रकार को बैक्टीरियालाई बिरामिको भित्र पाईएको छ, यो सार्स भाइरस जस्तो त छैन । त्यस समयमा बैक्टीरिया को नाम जीनोम राखेका थिए । र पुरै संसारलाई यश बारेमा जानकारी दिएका थिए । त्यस पछी आधिकारिक रूप मा यसलाई वायरस घोषित गरे, र सबै भन्दा पहिला यस भाइरस को मुल स्थान पत्ता लगाउने काम भयो र यो कहाँ बाट आयो भन्ने बारेमा पत्ता लगाउने कार्य अगाडी बढ्यो । कोरोना भाइरस
जुन डिसेम्बर दुई हजार उन्नाइसमा चाइनाको वुहान सहर बाट संसारको अगाडि आएको थियो । एउटा यस्तो मार्केट जाहा खुलेआम जंगली जनावरहरु समुन्द्री जीब जिउँदो या मुर्दा बेचिन्छ । उदाहरणको लागि चमेरो सर्पा बादर बिरालो समुन्द्री जीव आदि पाईन्छ।
काचो मासु साथै जङ्ली जीब, सुमुन्द्री जीव उनिहरुको सामान्य दैनिकि भोजन हुन्छ । यो मार्केटलाई एक जनवरी पछी सरकारले सिल गरिदियो । अब एउटा अर्को समस्या आउने वाला थियो कि एघार जनवरी देखि एक्काईस जनवारी सम्म त्यहाको लोकल मानिसहरु लूनर न्यू ईयर फेस्टिवल र जुनकि त्यहाको मुख्य चाड पच्चीस जनवरीमा मनाउनु थियो । उन्नाईस जनवरिको दिन मानिसहरु यो पर्व मनाउन जम्मा हुन थाले । त्यो दिन चालीस हजार मानिसहरु एक ठाउँमा भए । यहाको अधिकारीहरुले मेसो पाएका थिएनन कि कसरी यी मानिसहरुको संख्यामा कम गर्ने भनेर । तब कार्यक्रमका आयोजकलाई सरकारको आदेश आयो कि कार्यक्रम स्थगित गर्ने बिसयमा । एक दिन पछि वुहान शहर र यसको आसपासको सानो ठुलो सहर लाई पुर्ण रुपमा सिल, मतलब बन्द गरियो । न कोहि बाहिर बाट भित्र आउन सक्थ्यो न त कोहि भित्र बाट बाहिर नै जान सक्थ्यो । यो भाइरस सुरुमा सत्ताईस जना मानिसहरुको सरिरमा देखा परेको थियो । उनिहरुमा साधारण लक्षण जस्तै कि हल्का जोरो सुक्का खोकि छाती मा अप्ठ्यारो र सांस फेर्न गाह्रो हुने जस्तो समस्या देखा परेको थियो । बिस्तारै बिस्तारै सन्क्रमित मानिसको संख्या बढी रहेको थियो ।


अब पिढितहरुको संख्या एक्चालिस सम्म पुगेको थियो । चाइना सरकारले ति एक्चालिस जनालाई अलग अलग राखे, र पछी पत्ता लाग्यो कि यो भाइरस त चीन बाट बाहिर जनवरी मै गई सकेको छ भनेर। सबै भन्दा पहिला चीन बाहेक बैङ्ककमा पिडितको शरिरमा यस्को लक्षण पाइएको थियो जो न्यु इयर मनाउन गएका थिए ।
जसरी दिन बित्दै गयो त्यस्तै पिडितको संख्या पनि बढ्दै गयो । अब यो भाइरसको असर चीनमा मात्र नभइ सन्सार भरी नै फैलिएको थियो र कोरोनाको सिकार भएको खुल्न थाल्यो ।
पच्चीस जनवरी मा चाइना को सरकार ले मान्यो की यो वायरस अब उनिहरुको नियंत्रण मा छैन, र अट्ठाईस जनवरीमा वर्ल्ड हेल्थ अर्गेनाइजेशन ले यस वायरसको रिस्क रेट हाइ छ भन्यो। बास्तबमा कोरोना भाइरस एउटा भाइरस मात्र नभई यो त भाइरसको पुरै परिबार हो । जसमा पुरै चालीस फरक फरक प्रकारका वायरस हरु छन ।
यिनिहरुलाई कोरोना नाम यिनको आकार को कारण राखिएको हो। यो भाइरस क्राउन जस्तो हुन्छ । यसमा कुनै दुइमत छैन कि यो भाइरस मात्र जनावर हरुमा पाइन्छ तर कहिले काहीँ यो भाइरस जनावर बाट निस्किएर मानिब शरीरमा पनि आफ्नो घर बनाउन खोज्छ । यो भाइरसको मुख्य कुरा के छ भने, मानव शरीर यसलाई अपनाउन बाट इन्कार गरिदिन्छ तर यो आफ्नो रुप यस्तो प्रकारले बद्लिन्छ कि मानव शरीर यसलाई अपनाउना बाध्य हुन्छ । यो जानकारी चीन का डाक्टरहरुले प्रेस कन्फ्रेंसमा भनेका थिए । भाइरसको असर सुरुवातमा फरक फरक बिरामि बाट ग्रस्त थिए । जस्को धेरै रुपहरु दुनियाको अगाडी आयो । आउने वाला समयमा पनि थाहा पाउन सकिने छैन कि कति जना मानिस यो भाइरस बाट पीडित छन ।
ईरानमा पनि धेरै मानिस कोरोनाको सिकार भएका छन ।
इट्लिको कुरा गर्दा त्यहा पनि 17 जना मानिस कोरोना भाइरस बाट इन्फेक्ट भएका छन ।
जबकी इटलि चिन देखि धेरै नै टाढा छ । कोरिया जुन चीनको नजीक छ त्यहा पाच हजार भन्दा बढी मानिस कोरोना भाइरस बाट इन्फेक्ट भएका छन । नेपाल र भारतको चीनको सिमाना सग जोडिएको छ । यहाको मानिस त्यहा जाने त्यहाको मानिस यहाँ आउने क्रम चलीनै रहन्छ ।
नेपाल र भारतमा पनि कोरोना भाइरस देखा परेको छ । पीडितको संख्या यतिनै पुगेको छ भनेर पुर्ण तथ्यांक सार्बजनिक गरेको भने छैन । किनकी देश को सिमाना बन्द गर्नु पर्ने आबस्यक हुन्छ । न कसैलाई देशमा आउन दिने र न त देश बाट बाहिर नै जान दिने हुनछ ।यस्ले गर्दा आर्थिक मन्दी आउँछ । त्यसैले सन्सारका जुनसुकै देशको सरकारले कोरोना पीडित को संख्या लुकाएको हुनसक्छ । तथ्यांक सार्बजनिक गर्न साथ देशमा हाहाकार मच्चिन सक्छ । केही मानिसमा लक्षण देखा परेको छ । त्यसैले नेपाल सरकारले साबधानि अपनाएको छ र जनतालाई सतर्क हुन भनेको छ ।

यो भाइरसको सुरुवाति लक्षण रुघा बाट सुरु हुन्छ ।
त्यस पछि जोरो आउने थकान हुने र सबै भन्दा मुख्य लक्षण सुक्खा खोकी हुन्छ । जो गम्भीर रुपमा हुन्छन उनिहरुलाई सास फेर्न पनि गाह्रो हुने हुन्छ ।

यो भाइरस कसरी सर्छ ?
सुरुमा यो मानियको थियो कि यो भाइरस कुनै पनि मानव बाट अर्को मानव मा फैलिदैन भन्ने। मात्र जनावर बाट कसैको सरिरमा जान सक्छ ।
चाइनाका बैज्ञानिकहरुले भने कि नया प्रकारको कोरोना भाइरस हावा बाट पनि फैलन सक्छ । यो कुरा प्रस्ट त्यहा भयो, जब हस्पिटलमा काम गर्ने सबैमा कोरोना भाइरस भेटियो, उनिहरु सबै कोरोना पीडितहरुको उपचार गर्दै थिए । त्यसैले आफ्नो सुरक्षाको लागि शहरमा बस्ने सबैले मुखमा मास लगाउन थाले । तर पछी थाहा भयो कि मास लगाएर पुर्ण सुरक्षा पाउन सकिदैन । भाइरस त आँखा मा टक्राउने हावा बाट पनि फैलन सक्छ । यो भाइरस गाउँ मा फैलने सम्भावना कम छ र भने शहरमा अधिक छ ।

यो भाइरस बाट मर्ने प्राय पचास बर्ष भन्दा माथीकै मानिस हरु छन। जसलाई पहिला बाटै केही न केहि बिरामी थियो । जबान मानिसहरुमा यो भाइरस सजिलै सग सर्छ । तर यसको ठोस प्रमाण भने अझै फेला परेको छैन ।

दुनियाभरको पत्रीकामा यो छापिएको थियो कि यस वायरस को जन्म चाइना को वहान शहर मा रहेको सीफूड मार्केट बाट भएको हो । सबैभन्दा पहिला पीडित एक डिसंबर दुई हज़ार उन्नीस मा उनिहरुको अगाडी आयो , पछी एका एक गर्दै बढ्न थाल्यो यसको अर्थात इन्फेक्शन त्यस पीड़ित लाई नबेम्बरमा हुन सक्छ । त्यस पछि नै चाइना को सरकारले भनेको छ कि भाइरस त्यो मार्केट बाट फैलिएको होइन बरु बाहिर बाट कसैले यहाँ लिएर आएको हो । यो भाइरस बाहिरी हावामा अर्चालिस घन्टा सम्म जीबित रहन सक्छ ।
यदि कुनै खाने कुरामा भाइरस छ भन्ने पत्ता लाग्यो भने त्यस खाना लाई 60 डिग्री को तापक्रममा ततायो भने यो भाइरस जल्छ र नस्ट हुन्छ । मुख्य तय यो भाइरस मानव शरीर बाटै सर्छ या कुनै जनावर बाट फैलनपनि ढिलो गर्दैन किनकी सुरुवात त यसै बाट भएको हो ।

चाइनाको एउटा हस्पिटल मा काम गर्ने नर्स ले वीडियो मा भनिन कि, यहाको सरकार सच्चाई को तथ्यांकलाई एकदमै कम दुनिया को अगाडी राखेको छ अर्थात बास्तबमा हजारौ मानिसहरु यो भाइरस बाट संक्रमीत भएका छन ।
प्रॉमिस मा नै यो तथ्यांक नब्बे हज़ार भन्दा बढी भएको छ ।

2003 मा भएको महामारीमा चीनले झुट बोलेको कारण सायद अहिले पनि तथ्यांक गलत हुन सक्छ भनेर प्राय सबैले त्यो नर्स लाई बिश्वास गरेका छन । यो पनि भनेकी छिन कि लगभग 15 लाख भन्दा बढी यस बाट प्रभावित भएका छन ।
त्यसैले यो सन्सारमै पहिलो पटक सबा करोड को जनसंख्या भएको शहर लाई पुरै अलग अलग बनाएको हो । जहाँ रहेको सबै खाली घरहरुलाई ईमर्जेन्सी हस्पिटल मा बद्लिएका छन र हजारौं खाट हरु राखेका छन । वुहान शहर देखि 45 कि मिको दुरिमा राता रात हस्पिटल निर्माण गरेका छन।

कोरोना कसरी फैलन्छ ?
यदि coronavirus कुनै संक्रमित व्यक्ति बाट या जनावरबाट तपाईंको शरीर पस्छ जस्तै आँखा मुख नाखको माध्यमबाट पस्छ ।
तपाईंले यदि कोहि तपाईंको वर पर को खोकी रहेको हाच्छिउ गरेछ या संक्रमित छ जस्तो लाग्छ भने यो कुरा पालन गर्नु होला ।
संक्रमित व्यक्ति बाट टाढा रहनुहोस । भिड भएको ठाउमा नजानु होस । जानै पर्ने भयो भने पनि 3 लियर मास्क लगाएर सुरक्षाको साथ जानू होला । हेर्दा ठिक देखिने मानिस पनि संक्रमीत हुन सक्छ । उसले छोएको गाडीको सिट समाउने डन्डी ढोका पेन र तपाईले लगाएको मास्क समेतमा भाइरस हुन सक्छ । त्यसैले बेला बेलामा साबुन पानीले राम्रो सग हात धुने गर्नु पर्छ । हात धोएर मात्र आँखा मुख बाल बच्चा या प्रिया जनलाई छुनुहोला ।

रुघा खोकी ज्वरो आयो भन्दैमा कोरोना भाइरस भनेर डराउनु पर्दैन । नआती राम्रो डाक्टर सग उपचार गर्नु होला ।
मौसम बद्लिनको साथ कोरोना भाइरसमा काबु पाउन सकिन्छ । गर्मीको समयमा यसको असर घट्छ । यदि कसैलाई कोरोनाको लक्षण देखिएको छ भने तुरुन्त डाक्टरकोमा लग्नु होला ।
यी थिए कोरोना भाइरस सम्बन्धि जान्कारीहरु ।

कोरोना भाइरसको बारेमा राम्रोसग नबुझ्नु भएको हो भने भिडियो हेर्नू होला ।



Be Positive .

यदि सधै सकारात्मक सोच राखी जीबनमा सकारात्मक उर्जा भर्न चाहानु हुन्छ भने हाम्रो  YouTube Channel
Pratiphal Films र अर्को Channel Be Positive Nepal लाई लिन्क क्लिक गरि हेर्न सक्नु हुन्छ ।
Pratiphal Films - Bishal Lohane: www.youtube.com/PratiphalFilms

Be Positive Nepal :
https://www.youtube.com/channel/UCT2IADL0MHTNkX4849uPeRQ

यो लेेेख र भिडियो प्रतिफल फिल्म्स द्वारा बनाईएको हो । जसको लेेेखन र निर्माण बिशाल लोहनिबााट भएको हो ।
। नेपाल राष्ट्रको जय होस ।

Post a Comment

Previous Post Next Post
Youtube Channel Image
प्रतिफल फिल्मस - Pratiphal Films Subscribe us
Subscribe