भगवान श्री कृष्णका गोप्य रहस्यहरु, जस सम्बन्धि यो संसार अन्जान छ| ।कस्तो थियो उहाको शरीरको रङ गन्ध शाररिक गुण ? कसरी उहाँ सधै जबान हुनुहुन्थ्यो ? कुन अबस्थामा छ, उहाको द्वारिका नगरी? इसाह मसिहमा, भगवान श्री कृष्ण र बुद्ध को प्रभाव? भाग १|PF| BishalLohani

भगवान श्री कृष्णका गोप्य रहस्यहरु, जस सम्बन्धि यो संसार अन्जान छ । भाग १
राधेराधे जय श्रीकृष्ण !
सम्पुर्ण दर्शक माहानुभाबमा नमस्कार ।

बास्तबमा कस्तो हुनुहुन्थ्यो भगवान श्री कृष्ण ?
कस्तो थियो उहाको शरीरको रङ ?
कस्तो थियो उहाको गन्ध? 
कस्तो थियो उहाको शारीरिक गुण ?
कसरी उहाँ सधै जबान हुनुहुन्थ्यो ?
अहिले कस्तो र कुन अबस्थामा छ, उहाको द्वारिका नगरी?
 इसाह मसिहमा, भगवान श्री कृष्ण र बुद्ध को प्रभाव?
यो भिडियोमा यी रहस्यहरुको बारेमा बिस्तृत रुपमा जान्नु हुने छ । 
आफै पढ्न पनि सक्नु हुन्छ ।

भुमिका ?
न कोहि मर्छ, न त कोहि मारिन्छनै, सबै निमित्त मात्र हो । सबै प्राणि जन्मनु भन्दा अगाडी बिना सरिरका थिए, मृत्यु उपरान्त ती बिना शरीर भएका नै शरीर छोडेर गए । शरीर त क्षणिकको लागि मात्रै रहन्छ, फेरि यस्को शोक किन गर्छन । कृष्ण भाब।
भगवान कृष्ण ३११२ इशा पुर्बमा हुनुहुन्थ्यो, उहाँ एउटा राजनीतिक आध्यात्मिक र योद्धा मात्र नभई उहाँ हरेक किसिमका बिध्यामा पनि पारङगत हुनुहुन्थ्यो । उहाबाट धर्मको एक नया रुप संघ सुरु भएको थियो । उहाले धर्म राजनीति समाज र नीति नियमलाई एक रुपमा ब्यबस्तिकरन गर्नु भएको थियो ।

राधे राधे ।
श्री कृष्णको शरीरको रङ ?
जन श्रुतिको अनुसार केही ब्यक्ति उहाको छालाको रङ्ग कालो, अर्को तिर धेरै जसो ब्यक्तीहरु    उहालाई श्याम रङ भएको मान्छन , श्याम रंग अर्थात केही केही कालो र केही केही निलो । कालो जस्तो निलो । जस्तै सुर्य अस्ताय पछी जब दिन अस्त हुने बेला हुन्छ, त्यति नै बेला आकासको रंग जस्तो कालो निलो भएको हुन्छ त्यस्तो ।
कथाको अनुसार उहाको रंग न त कालो र न त निलो नै थियो । यो पनि कि उहाको रंग कालो मिश्रित निलो पनि थिएन । उहाको छाला श्याम रंगको पनि थिएन । बास्तबमा उहाको छालाको रंग मेघ श्यामल थियो । अर्थात कालो निलो र सेतोको मिश्रित रंग ।

  
राधे राधे ।
श्री कृष्णको गन्ध ?
प्रचलित कथाको अनुसार मानिन्छकी उहाको सरिरबाट एक मादक गन्ध निक्ली रहन्थ्यो । यस गन्धलाई वहाँ आफ्नो गुप्तअभियानोमा लुकाउने गर्नुहुन्थ्यो । यो खुबी द्रोपतिमा पनि थियो । उन्को सरिरबाट पनि एक सुगन्ध निक्ली रहन्थ्यो जुन सुगन्धले मानिसलाई आकर्षित गर्थ्यो । सबै यस सुगन्धको दिशा तर्फ हेर्ने गर्थे । त्यसैले अज्ञात बासको समयमा द्रौपतीलाई चन्दन उबटन र इत्रादिको कार्य दिएका थिए, जस्को सुगन्धले गर्दा उनलाई सैरन्ध्री भन्न लागेका थिए । मानिन्छकी श्री कृष्णको शरीरबाट निस्केको गन्ध केही गोपिनिको  चन्दन र केहीकेही रातरानिको सुगन्ध सग मिल्दो जुल्दो थियो ।

राधे राधे ।
श्री कृष्णको सरिरको गुण ?
भनिन्छकी भगवान श्री कृष्णको देह एकदमै कोमल अर्थात स्त्रीहरुको समान मृदु थिए, तर युद्धको समयमा उहाको देह बिस्तृत र कठोर भएका हुन्थे । कथाको अनुसार यस्तो मानिन्छकी, वहा योग र कलारिपट्टु बिध्यामा पारङ्ग्त हुनुहुन्थ्यो, त्यसैले यस्तो भएको थियो ।

यसको मतलब यो हो कि श्री कृष्ण उहाँ आफ्नो देहलाई कुनै पनि प्रकारको बनाउन जान्नु हुन्थ्यो । त्यसैले स्त्रीको समान देखिने वहाको कोमल शरीर युद्धको समयमा अत्यन्त कठोर देखिन थाल्थ्यो । यहि गुण कर्ण र द्रोपतिको सरिरमा पनि थियो ।

राधे राधे ।
सधै जबान बनिरख्नु भयो श्री कृष्ण ?
भगवान श्री कृष्णको जन्म मथुरामा भएको थियो । उहाको बाल्यकाल गोकुल बृन्दाबन नन्द गाउँ बरसाना आदि स्थानहरुमा बित्यो । द्वारिकालाई उहाले आफ्नो निबास स्थान बनाएर सोमनाथको नजिक रहेको प्रभास क्षेत्रमा उहाले देह त्याग्नुभयो । बास्ताबमा भगवानश्री कृष्णले यहि प्रभास क्षेत्रमा आफ्नो कुलको नास देखेर एकदमै ब्यथित  हुनुभएको थियो । वहाँ त्यतिबेला देखिनै त्यही बस्न लाग्नुभएको थियो । एकदिन वहाँ एउटा बृक्षको छाहरिमा विश्राम गरिरहनु भएको थियो ।त्यतिनै बेला एउटा बहेलियोले उहालाई हिरण सम्झेर तिर हान्यो । यो तिर उहाको खुट्टामा गएर लाग्यो  र त्यतिनै बेला उहाँले देह त्याग्ने निर्णय गर्नुभयो । जनसुर्तीको अनुसार भगवान श्रीकृष्ण जब देह त्याग्नु भयो तब उहाँको देहको कपाल रौ,  न त सेतो थियो र न त उहाँको शरीरमा कुनै प्रकारको चाउरी नै परेथ्यो । अर्थात वहाँ ११९ वर्षको उमेरमा पनि युवा जस्तोनै हुनुहुन्थ्यो ।

राधे राधे ।
भगवान श्रीकृष्णको द्वारिका नगरी ?
 भगवान श्रीकृष्णले गुजरातको समुद्री किनारामा आफ्नो पूर्वजको भूमिमा एउटा भव्य नगरको निर्माण गर्नुभएको थियो । केही बिद्वान भन्छन कि उहाँले पहिलै उजाड रहेको कुशस्थली लाई पुनः निर्माण गराउनुभएको थियो । मानिन्छ कि भगवान श्रीकृष्ण अन्तिम वर्षलाई छोडेर कहिल्यै पनि द्वारिका मा ६ महिनाभन्दा बढी बस्नु भएन । 
यो पनि छ कि श्रीकृष्णको यस नगरी, बिश्वकर्मा र मयदानबले मिलेर बनाएका थिए । देवताहरूको ईन्जिनियर vishwakarma हुनुहुन्थ्यो भने दानवहरुका ईन्जिनियर मय दानव थिए ।
दुवैजना श्रीरामको समयमा पनि थिए । इतिहासकार मान्छन कि द्वारिका जलमा डुब्नु अगाडि नष्ट भैसकेको थियो । कसले नष्ट गरेको होला द्वारिका नगरी ? यो प्रश्न अझै पनि प्रश्ननै छ । हुन त समुद्रको भित्र द्वारिका अवशेष फेला परेको छ । त्यहाँ त्यो समयको भाँडाहरु भेटिएका थिए । त्यो १५२८ ईसा पूर्व देखि ३००० इसापूर्व को हो भने अनुसन्धानमा पत्ता लागेको हो ।

राधे राधे ।
 इशा मसिहमा भगवान श्रीकृष्ण र बुद्धको प्रभाव ?
हुन त यो अझै पनि अनुसन्धानको विषय हो । तर पनि आजसम्म जति पनि मानिसले यसमा अनुसन्धान गरे उनीहरूको भनाइ यहि छ कि, ईसा मसीहले भारतको भ्रमण गर्नुभएको थियो र उहाँ कश्मिरदेखि जगन्नाथ मन्दिर र हिमालयको दिब्य भुमी सम्म जानु भएको थियो ।
 उहाँले कश्मिरको एउटा बौद्ध मठमा बसेर ध्यान साधना गर्नु भएको थियो । यस स्थानमा अझै पनि उहाँको एउटा समाधि छ । अनुसन्धानकर्ता मान्छन कि, श्री कृष्णको जीवनिले इशा मसीहको जीवनमा ठूलो प्रभाव पार्यो । उहाँको जन्मको कथा पनि श्रीकृष्णको जन्म कथासँग केहीकेही मिल्न जान्छ ।
लुईस जेकोलियतले १८२६ इशा सम्बतमा आफ्नो  एक पुस्तक, दि बाईबल इन इन्डिया , मा लेखेका थिए कि जिसस क्राइस्ट र भगवान श्रीकृष्ण एउटै थिए । लुईस जेकोलियत फ्रान्सका एक साहित्यकार र वकिल थिए । उनले आफ्नो पुस्तकमा कृष्ण र क्राइस्टमा एउटा तुलनात्मक अध्य्यन प्रस्तुत गरेका थिए । जिसस शब्दको विषयमा लुइसले भनेकि क्राइसको जिसस नाम उनका अनुयायीले दिएका हुन । यसको संस्कृतमा अर्थ हो, मूल तत्व । 
राधे राधे।

यस भिडियोमा भएका जान्कारीहरु प्रतिफल फिल्मिसका संचालक बिशाल लोहनी द्वारा विभिन्न पुस्तक ईन्टरनेटबाट अनुसन्धान गरि बनाइएको हो यदि तपाईं हाम्रो मेहनतबाट संतुष्ट हुनुहुन्छ भने हाम्रो युटुब च्यानललाई लाइक कमेन्ट सेयर र सस्क्राइब गर्नुहोला । तपाइको हौसलाले हामिलाई अझ बढी उर्जाका साथ अनुसन्धान गर्न प्रेरित गर्ने छ । 
भगवान श्री कृष्णका गोप्य रहस्यहरु भाग २ छिटै आउने छ । प्रतिक्षा गर्नु होला सस्क्राईब गर्नु होला । धन्यवाद  राधे राधे । जय श्री कृष्ण ।

VISIT NEPAL 2020, BEST 50 TREKS IN NEPAL



नेपाल को सम्पुर्ण इतिहास नेपालीमा


Post a Comment

Previous Post Next Post
Youtube Channel Image
प्रतिफल फिल्मस - Pratiphal Films Subscribe us
Subscribe