Dahare Deurali (डहरे देउराली) Syanja Parbat | रामायण सग जोडिएको डहरेको इतिहास | नेपालको धार्मिक पर्यटकीय स्थल| लेखक बिशाल लोहनी

डहरे देउराली 


#1 परिचय
धार्मिक आस्था र प्राकृतिक सम्पदाले भरिपूर्ण देश, हाम्रो देश नेपाल, प्राकृतिक रुपले यति सम्पन्न देश पर्यटन ब्यबसायको हिसाबमा भने कही पछाडी नै परेको छ। यसको मुख्य कारण प्रचार प्रचारको अभाबले गर्दा हो। यस्तै प्रबर्द्धनको अभाबमा परेको धार्मिक एबम पर्यटकीय हिसाबले प्रचुल सम्भबना बोकेको, महत्वोपूर्ण स्थल "डहरे देउराली" हो ।  घना जंगलको बिचमा, अग्लो चट्टानको पहाड माथी, देबिको पुजा गरिन्छ । जसलाई डहरेको सिर भनिन्छ । त्यहा बाट केही तल
डहरे को छातीका रुपमा
लिइने स्थलमा पुजारी बस्ने ठाउँ, गुरुकुल मन्दिर र सन्यासीका लागि आवास गृहसमेत बनाइएको छ ।  यहाँ विभिन्न चाडपर्वका बेला भब्य मेला र भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
 डहरे तोरण तार्नका लागि बाजागाजासहित स्याङ्जा र पर्वतका विभिन्न ठाउँबाट भक्तजन आउने गर्छन । 
चैते दशैं र विजयादशमीका समयमा पनि उक्त स्थानमा अत्यधिक भक्तजन आउने गर्छन ।

समुन्द्री सतहबाट करिब २२६६ मिटर उचाईमा रहेको डहरे देउराली, नेपालकै पहिलो पर्यटकिय गाउ सिरुबारी नजिक रहेको आरु चौर गा बि सा अन्तर्गत पर्दछ । उक्त स्थल गण्डकी प्रदेशको पर्बत र स्याङ्जा जिल्लाको सिमानामा रहेको छ। 
 यस क्षेत्रमा पुग्ने पर्यटक, चैत बैशाखको समयमा गुराँसले ढाकिएका डाडाहरु र अन्य समय प्राकृतिक सुन्दरतामा रमाउने गर्छन ।
डहरे देउरालीबाट हिमाली तथा पहाडी दृश्यका साथै स्याङजा, पर्वत र कास्कीका विभिन्न स्थान सजिलै देख्न र अबलोकन गर्न सकिन्छ ।
जस्तै अन्नपूर्ण, माछापुच्छे, धवलागिरि लगायत
हिमशृङ्खला सहित बाग्लुङबजार, पर्वतको सदरमुकाम कुस्माबजार, कार्कीनेटा, स्याङ्जा र कास्कीको सङ्गमस्थल पञ्चासे, आरुचौर, रापाकोट तथा कास्कीकै पुम्दीभुम्दीस्थित विश्व शान्ति स्तुप र पोखराका केही भागको अवलोकन गर्न पाइनु यस स्थानको विशेषता हो।

यहाको घनाजङ्गलमा विभिन्न
प्रजातिका वनस्पति एवम् जडीबुटी पाइन्छन । जस्तै पाँचऔले, हर्रो, बर्रो,
सतुवाजस्ता महत्वपूर्ण जडीबुटीका साथै 
कालो भालु, चितुवा, मृग, ब्वाँसोलगायत जंगली जनावरहरु पाईन्छ। त्यस्तै कालिज, लामपुच्छ्रे«, लुइँचे, तित्रा, ढुकुरलगायत ५० भन्दा बढी प्रजातिका चराचुरुंगीहरु पनि पाइन्छन ।
यस जङ्गलमा पैंयु, सल्लो, ओखर,
खसु, उत्तिसजस्ता महत्वपूर्ण काठसमेत पाइन्छ ।


Dahare Deurali 0fficial Trailer HD


#2 प्राचीन दन्त कथा
प्राचिन लोक इतिहास र कथा का अनुसार डहरे देउरालिको मज्जाको दन्त कथा सुन्नमा आएको छ । जुन कथा सुन्दा बास्ताब मै हो जस्तो लाग्छ । यो कथा द्वापार युगको रामायण कथा सग जोडिएको छ । अयोध्याका राजा भगवान श्री राम चन्द्र का पिता दशरथ हुनुहुन्थो भन्ने सबै लाई थाहा छ । उहा एकदिन सिकार गर्ने भनेर डहरे को जंगलमा आउनु भएको थियो । वुहा सिकार को खोजी मा हुनुहुन्थ्यो । जंगली जनाबरको सिकार गर्न नपाउदा निरास हुनु भएको थियो । उहाँ सिकार कहाँ छ भनी हेर्न डहरेको डाडामा पुग्नु भयो । त्यहा बाट वरपर हेर्न लाग्नु भयो । डाडाको माथी बाट धोरिएर सुन्दा वहाले कतै बाघको आवाज सुन्नु भयो । खुसी हुनु भयो । त्यही बाघको सिकार गर्छु भन्ने सोच्नु भयो । डहरे देउरालीको डाडा बाट तल हेर्दा खोल्सा जस्तो ठाउ थियो । घना जंगलको कारण बाघलाई देख्नु भएन । मात्र घ्वर घ्वार गर्दै गर्जी रहेको बाघको आवाज आइ रहेको थियो । उहाले त्यो आवाज भए तिर आफ्नो बाण मतलब तिर को निसाना ताक्नु भयो । आँखा बन्द गरि मन्त्र पढी डहरेको डाडा बाट तिर प्रहार गर्नु भयो । त्यो तिर डाडाको चुचुरो बाट घना जुङ्ल हुँदै खोल्सामा आफ्नो गन्तव्य तिर अगाडि बढ्यो र सिकारको आर पार भयो । त्यतिकैमा त्यो सिकारबाट पिडाले तड्पिएको मानीस कराएको आवाज आयो । दशरथ हतपठ गर्दै सिकार भएको स्थान मा पुगे । उनले त्यहा एक घाइते युबकलाई देखे । ती घाइते युबक श्रावण कुमार थियो, उनी पिडाले तड्पि रहेका थिए। जो आफ्ना अन्धा बुबा आमा लाई तिर्थ यात्रा गराउन भनेर दुबैलाई आफ्नो कान्धमा बोकेर हिडेका थिए । त्यही क्रम मा अन्धा बुबा आमालाई तिर्खा लागेको कारण खोल्सा मा पानी लिन गएका थोए । खोल्सा बाट भाँडामा पानी निकाल्दा आएको आवाजलाई डहरेको डाडामा रहेका दशरथले बाघ सम्झेर आफ्नो तिर चलाएका का थिए ।
दशरथले श्रावणकुमार सग गल्तीको क्षमा मागे, तब श्रावण कुमारले आफ्नो बुढा अन्धा आमा बुबा लाई पनि पिलाउन भने र प्राण त्यागे । दशरथ खोल्सा देखि अलि पर श्रवण कुमारका बुबा आमा भएको ठाँउमा पुगे र प्रस्चित गर्दै पानी पिलाउन खोजे तर उनिहरुले पानी पिएनन , पुत्र शोकमा दशरथ लाई श्राप दिए कि तिमी पनि पुत्र बियोगमा मर्ने छौ भनी, उनिहरु पनि आफ्नो प्राण त्यागे । 3 जनाको हत्या को पाप दसरथ लाई लाग्यो । यो सब कुरा देबिले स्वग बाट हेर्नू भएको थियो । क्रोधित भएर च्ट्यान सरह 
स्वग बाट एक्कासी डहरे को डाडामा आइपुग्नु भयो । दसरथलाई दण्ड दिन चाहानु भयो । तर रोकिनु भयो, किनकी वहाले भबिस्यमा देख्नु भयो कि दशरथ भगवान श्री रामका पिता हुनेवाला थिए जो भागवान बिष्णु को अवतार हुनुहुन्थो । देबिले आफ्नो क्रोध त्यही सन्त गर्नु भयो । देबिको आगमनले तब देखि डहरे देउराली दिब्य र पबित्र भुमी भयो । 
सत्य युग, द्वापर युग का मानिसमा योग तपका कारण देवता हरु सग हुने जस्तो केही आलौकिक शक्ति हुन्थो । सायद त्यही कारण ले होला भारतको अयोध्या देखि नेपालको पर्बत र स्याङ्जाको सिमाना मा रहेको डहरे मा दशरथ आउनु भएको थियो । त्यति माथी बाट तिर हान्दा श्रावण कुमार को मृत्यु भयो । आज पनि श्रावण कुमारका ती बुढा अन्धा बुबा आमा, डहरे नजिक कार्किनेटा र त्यो देखि केही तल खोल्सा नजिक को स्थान मा मुर्तिको रुपमा देख्न सकिन्छ र त्यो मुर्तीबाट प्रत्येक क्षण आँखा बाट आँसु झारी रहेका हुन्छ । त्यसैले पनि यस स्थानको महत्त्व एकदमै बढी छ ।

#3 डहरेलाई जीबन सुम्पेका गुरुहरु ।
डहरे देउरालीमा कुनै समयमा डहरा नामक ऋषि तपस्या गरि बस्नु भएको थियो। उहाको नाममा यो ठाउँको नाम डहरा हुदै पछि गएर डहरे देउराली रहन गयो। यस ठाउँमा धेरै ऋषि, गुरु, पण्डितहरुले आफ्नो जीवनकालमा देबीको भक्ति, तपस्या, पुजामा लिन भएर जिबन बिताउनु भयो र समाधि बस्नु भयो। सुनाइमा आएको छ ।

डहरा ऋषि पछि यस स्थानमा बालकुमारी पाण्डे माता आएर ४५ वर्ष बस्नु भयो ।  वहा पछि निलाकण्ठ पर्बत महाराज आएर बस्नु भयो। उहा पछि खडा नन्द अधिकारी महाराज आउनु भयो र ३७ वर्ष तपस्या गर्नु भयो, उहा पहरामा कर्कलाको पात, केराको पात, सेखुको  पात ओडेर तपस्या गर्नु भयो। त्यसपछि बलानन्द स्वामी आउनु भयो र उहा ४५ वर्ष पहरामा कोठे कोठे घर बनाएर बस्नु भयो। त्यस पछि वहा समाधि बस्नु भयो। त्यस पछि पशुपति आनन्द स्वामी आउनुभयो र ४५ वर्षसम्म बस्नु भयो। आहिले हामी भ्रमण गर्दा २०७५ असार १० गते यस ठाउँमा पण्डित देव प्रसाद उपाध्याया गुरुका रुपमा हुनुहुन्छ। 


#4 धार्मिक महत्त्व र बिशेषता
 यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा धान्याञ्चल महायज्ञ गरिएको २०३२ सालदेखि उक्त स्थानको संरक्षण एवम् पूजाआजा हुँदै आएको छ । धान्याञ्चलका क्रममा मुक्तिनाथबाट अग्निज्वाला ल्याइएको थियो र उक्त अग्निज्वाला अहिले पनि बलिरहेको छ  । 

चाडपर्बको बेला भक्त जनहरुको घुईचो लाग्छ भने मङ्सिर बाला चतुरदासीका दिन यहाँ भब्य मेल लाग्ने गर्दछ। स्थानीय तहमा उत्पादन भएको सामग्री जस्तै डोका, नाम्ला, औजारहरु, स्थानिय कृषि  उत्पादन  फलफुल आदि सामानको व्यापार हुने गर्दछ।  साथै देबीको पुजा गर्ने ठाउमा परेबा उडाउने, बलि दिने प्रचलन पनि रहीआएको छ।  भक्तजनहरु ले भक्कल गर्ने र पुरा भएपछी भक्कलमा बोलेको कुरा देबिलाई चडाउने प्रचलन रहि आएको छ। जन बिश्वास के छ भने यस ठाउँमा आएर जे माग्यो त्यो अबस्य पुरा हुन्छ। टाढा टाढा बाट भक्त जन दर्शनको लागि आउने गर्छन ।  

#5  मार्ग निर्देशन ।
  पैदल यात्रा गर्न इच्छूक व्यक्तिका लागि भने तालपोखरी, सिरुवारी, पञ्चमुल, घण्टे देउरालीलगायत स्थानबाट पदयात्रा गर्न सकिन्छ ।
त्यस्तै नेपालकै पहिलो होमस्टे गाउँ सिरुवारीबाट दुई घण्टा र पञ्चमूलबाट तीन घण्टा पदयात्रा गर्दै पुगिन्छ । केही समय जङ्गलको बीचबाट हिँडेर
पुगिने डहरे देउरालीको पैताला भनेर चिनिने
देउरालीमा एउटा ठूलो रुखको फेदमा ढुङ्गाकै देवीको
मूर्तिको आकृति छ । त्यहाँबाट केही समयको
हिँडाइपछि पदयात्रीहरू परम्परागत शैलीका मन्दिर रहेको ठाउँमा पुगिन्छ  । 

 पर्बत हुदै डहरे देउराली जाने मार्ग :   पर्बतको सदरमुकाम कुस्मा  हुदै डहरे जान चाहानुहुन्छ भने एकपटक कुस्मा पनि भ्रमण गर्नु होला किनकी यो ठाँउ पर्यटककालाई मनपर्ने स्थान हो।  यहाँ नेपालकै ३ अग्लो झोलुङ्गे पुलहरु छन भने यान्त्रिक पुल पनि छ र एडभेन्चर मन पराउनेका लागि सन्सारकै दोश्रो अग्लो बन्जी जम्प पनि चालू भैसकेको छ ।  यसको पनि मज्जा उठाउन सक्नु हुन्छ साथै गुप्तेशोर गुफा लगायत अन्य थुप्रै धार्मिक पर्यटकीय क्षेत्र हरु पनि छन । 

कुस्मा देखि तपाई हिडेर डहरे देउराली जान चाहनु हुन्छ भने ४-५  घण्टा लग्न सक्छ भने लोकल बस चड्नु भयो भने  ३ घण्टामा पुगिन्छ। कुस्माको शिवालय चोक बाट तपाई कार्कीनेटाको गाडी चड्नु पर्छ र कर्किनेटाबाट अर्को गाडी चड्नु पर्छ र त्यहाँबाट तल पोखरी भन्ने ठाउँमा ओर्लने र त्यहाँ बाट १ घण्टा जंगलको यात्रा पछि डहरे देउरालीको पाउ मा पुग्न सकिन्छ।  त्यहाँ एउटा ठुलो रुख र ढुंगाको फेदमा ढुंगा कै देबीको आकृतिको निशान रहेको मुर्ति छ र पुजा गर्नेको लागि ठाटीको निर्माण गरिएको छ। त्यस ठाउँ बाट करिब २० मिनेटको पैदल यात्रा पछि डहरे देउरालीको मुख्य पुजा गर्ने ठाउँमा पुग्न सकिन्छ। 

 पोखरा हुदै डहरे देउराली जाने बाटो : नेपालको पर्यटकिय नगरी भनेर चिनिने पोखराबाट करिब ५ घण्टाको स्थानीय बसको यात्रा पछि पुतली बजार नगरपालिका, हेलू, अर्जुन चौपारी, रापाकोट हुदै आरुचौर गबिसा स्थित तल पोखरी भन्ने ठाउमा पुगिन्छ। त्यहाँ बाट करिब १:३० घण्टा मा डहरे देउराली माई पुजा गर्ने स्थानमा पुगिन्छ।  

#6 यस ठाउँका समस्याहरु 
यस ठाउँको मुख्य समस्या भनेको यातायातको  हो। हुन त् मन्दिर देखि करिब १५ -२० मिनेट तल सम्म मोटर जाने बाटो बनेको छ तर त्यो बाटोको सुधार, संरक्षण, पुननिर्माण भने नभएको कारण गाडी पुग्न असम्भाब छ। हुन त बाईक लानेहरुले आफ्नै जिद्दीमा मोटर बाटो पुगे सम्म लान्छन।  

#7 डहरे को बिकास योजनाहरु
स्याङ्जाका केही भागसँग जोडिएको डहरेको घना जंगल फलेवास नगरपालिका–१, २ र ९ मा फैलिएको छ ।
एकदमै  घना जंगल रहेको डहरे देउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने योजना रहेको छ । डहरेको लेकमा जंगली जनावरहरूको अवलोकनका लागि खुला चिडियाखाना बनाउने र स्थानीय जंगलमा पाइने जनावरको संरक्षण र पदयात्रीलाई सहजै जनावरको अवलोकन गर्ने गरी पाइने व्यवस्था नगरपालिकाको योजना छ ।
डहरे क्षेत्रमा  वन्यजन्तु संरक्षण, वनक्षेत्र संरक्षण, प्याराग्लाइडिङ उडान, डहरे देउराली मन्दिरको प्रवद्र्धन लगायतका कार्यक्रम सञ्चालन गर्ने पनि योजना नगरपालिकाको छ । यसै क्षेत्रलाई समेटेर मनमोहन शान्ति बाटिका निर्माणको काम सुरु गरिरहेको छ ।


#8 डहरे देउरालीबारे विशाल लोहनीको अनुभब 
मेरो व्यक्तिगत रुपमा डहरे देउरालीको बारेमा भन्नु पर्दा। डहरे देउराली स्वर्गमय छ। त्यस ठाउँमा पुग्दा जुन परम शान्तिको अनुभूति हुन्छ त्यो मात्र शब्दमा ब्याख्या गरेर पुग्दैन। त्यस ठाउँमा यस्तो शक्ति छ जुन शक्तिले सबै दुख, पिडा, कस्ट भुलाई दिन्छ र स्वर्गमा भएको अनुभूति हुन्छ।  तपाईं जहाँ जुनसुकै ठाँउमा हुनुहोला । समय मिलाएर एकपटक अबस्य डहरे देउरालीको दर्शन र भ्रमण गर्नु होला । जय डहरे देउराली माता ।

DAHARE DEURALI
FULL VIDEO HD


यदि यस्तै यस्तै सम्बन्धि भिडियो र सधै सकारात्मक सोच राखी जीबनमा सकारात्मक उर्जा भर्न चाहानु हुन्छ भने हाम्रो  YouTube Channel
Pratiphal Films र अर्को च्यानल Be Positive Nepal लाई लिन्क क्लिक गरि हेर्न सक्नुहुन्छ ।

Pratiphal Films - Bishal Lohane : www.youtube.com/PratiphalFilms

Be Positive Nepal :
https://www.youtube.com/channel/UCT2IADL0MHTNkX4849uPeRQ

यो लेेेख र भिडियो "Pratiphal Films" र "Be Positive Nepal" YouTube Channel द्वारा उत्पादन गरिएको हो । जसको लेेेखन र निर्माण बिशाल लोहनीबाट भएको हो । धन्यवाद 

Post a Comment

Previous Post Next Post
Youtube Channel Image
प्रतिफल फिल्मस - Pratiphal Films Subscribe us
Subscribe